Pandey Anil
More by Pandey Anil
What people are reading
Subscribers
Please log in to subscribe to Pandey Anil's postings.
:: Subscribe
|
भारतीय अतिक्रमणविरुद्ध एक होऔं
|
[VIEWED 7436
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Pandey Anil
Please log in to subscribe to Pandey Anil's postings.
Posted on 06-09-09 2:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
भारतिय ज्यादती बिरुद्ध मदरल्याण्ड नेपालको प्रेस बिज्ञप्ति भारतीय अतिक्रमणविरुद्ध एक होऔं
सनफ्रान्सिस्को ,जुन ०८, २००९
भारतीय प्रहरीले दाङ र बारा जिल्लाका नेपाली नागरिकमाथि अमानवीय व्यवहार प्रदर्शन गर्दै उनीहरुलाई जबरजस्ती विस्थापित गरेको समाचारले मदरल्याण्ड नेपाल परिवार तथा अमेरिकामा रहेका नेपाली समाजलाई स्तव्ध बनाएको छ । भारतसँग सिमाना जोडिएका ती जिल्लामा बसोबास गर्ने नेपालीमाथि भारतीय सुरक्षाकर्मीले कुटपिट िहंसात्मक दुव्र्यवहार र यौन अत्याचारसमेत गरेको तर नेपाल सरकारका परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारतीय पक्षमै वकालत गरेको थाहा पाएर हामी मर्माहत भएका छौं ।
नेपाली नागरिकमाथि भारतीय पक्षले गरेको दुव्र्यवहारका कारण उनीहरुले आफ्नै भूमिबाट विस्थापित हुनुपरेकोमा गम्भीर आपत्ति जनाउँदै त्यस िहंसाका विरुद्धमा १६ राजनीतिक दलले संयुक्त रुपमा भत्स्रना गरेको अवस्थामा पनि नेपाल सरकार गम्भीर नभएको र भारत सरकारलाई आफ्नो हैसियतमा बस्न र गल्ती सच्याउन चेतावनी दिन नसकेकामा हामी गम्भीर खेद प्रकट गर्दछौं ।
भारतीय पक्षले सिमान जोडिएका विभिन्न ठाउँमा सीमास्तम्भसमेत सारेर नेपाली भूमि अतिक्रमण गर्दै आएको जानकारी यसअघि पनि बारम्बार प्राप्त भएको हो । सिमाना तथा भन्सार नाकाहरुमा नेपालीमाथि भारतीय सीमासुरक्षा बलले ज्यादती गर्दैआएको जानकारी पनि प्राप्त भएको हो । सीमानानजिक अन्तर्राष्ट्रिय मान्यतालाई समेत उल्लंघन गर्दै नेपाली भूमि जलमग्न हुनेगरी अग्लो बाँध बनाउँने कार्य पनि भारतले रोकेको छैन । एक सार्वभौम मुलुकमाथि यसरी सर्वपक्षीय आक्रमण हुँदा पनि नेपाल सरकारले विरोध गर्न नसक्नुका पछाडि दास मानसिकता नै कारणका रुपमा रहेको हाम्रो ठहर छ ।
हामी अमेरिकामा रहेका नेपाली समाजका तर्फबाट जोडदार माग गर्दछौं कि भारतले एक सार्वभौम मुलुकमाथि गरेको आक्रमणका लागि नेपाली जनतासँग माफी मागोस् र आइन्दा यस प्रकारको भयानक भूल नगरोस् । यसैगरी नेपाल सरकारलाई भारतप्रति दास मानसिकता प्रदर्शन गर्न छोडेर विस्थापित नेपालीलाई उनीहरुले बसोवास गर्दै आएको स्थानमा सुरक्षित रुपमा पुनःस्थापित गराउन र सीमा क्षेत्रको सुरक्षामा विशेष प्रबन्ध मिलाउन पनि हार्दिक अनुरोध गर्दछौं । नेपाल र नेपालीमाथि भएको भारतीय ज्यादतीका विरुद्धमा ऐक्यबद्धता प्रदर्शन गर्न पनि हामी विश्वका विभिन्न भागमा रहेका नेपाली र नेपालको भलो चाहने सम्पूर्ण शुभचिन्तकहरुमा अपिल गर्दछौं ।
………………… …………………।
पुरुषोत्तम सुवेदी अनिल पाण्डे
अमेरिकी नेपाली समाजका तर्फबाट अध्यक्ष
मदरल्याण्ड नेपाल क्यालिफोर्निया
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|