[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 लुते कुकुर
[VIEWED 12473 TIMES]
SAVE! for ease of future access.
Posted on 06-08-14 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

चर्को गर्मी , वाटोको मुटुमा ट्याक्टरले डाम छोडेका छन्, पानी परुन्जेल नमेटिने।उसको अनुहार बाट पनि तप तप पसिना चुहिएको छ भान्छाको भुईँका केहि अंश भिजिने गरी । एउटा झ्याल अनि ठ्याक्क झ्याल बाहिर भरखरै वन्न आँटेको नयाँ विल्डिंगको भित्तो। उसलाई उसको नयाँ बन्न आँटेको छिमेकी देखि यहि रिस छ। नयाँ छिमेकीले उसको भागको हावामा पनि भागवण्डा लाएको छ। सानो घरका मान्छेले हावा पाउनु हुँदैन भनेर कहाँ लेखेको छ ? कहिलेकाहिँ उसलाई लाग्छ नेपालमा नयाँ वन्ने सम्विधानमा हावा सम्वन्धी धारा पनि हुनुपर्छ " प्रत्येक नेपालीको नेपालमा वग्ने हावामाथी वरावरको हक हुनेछ, कसैको विल्डिंग तिन तल्ले भएको भरमा वढी हावा लिएमा सामाजिक अपराध मानी कारवाही हुनेछ ।"

उसको घरको छिँडीमा एउटा लुते कुकुर वस्छ। उ त्यो लुते कुकुरलाई हेर्छ। उसलाई आफु जस्तै लाग्छ त्यो लुते कुकुर । उसको घर पनि यो शहरको छिँडि नै त हो। लुते कुकुर उसलाई देखेर पुच्छर हल्लाउँछ। उ अरु कसैलाई देखेर पुच्छर हल्लाउँछ। लुते कुकुर को शरीरमा रोग लागेको छ। उ आफ्नो जिव्रोले घाउ भएका ठाउँहरु चाट्छ।खै के आनन्द पाउँछ? चाटीरहन्छ।झींगाहरु त्यहिँ वस्छन् । उ यता उता हल्लिएर झीँगा हटाउन खोज्छ। कहिलेकाहिँ झीँगा भाग्छन्, कहिलेकाहिँ झीँगा अटेर गर्छन्।उ तल माथी गर्दा लुते कुकुर र झीँगाको द्वन्द हेर्छ। उसलाई झीँगा प्रति रिस उठ्छ।तर झीँगा सँग लडाइँ गर्ने उ सँग समय छैन। उ हतार हतार तलमाथी गर्छ। विजी छ उ। मिल्ने भए समयलाई दाम्लो लगाएर वाँधेर राख्ने थियो। तर के गर्नु सक्दैन।

धेरै दिन पछि आज मासु ल्याएको खानलाई भनेर उसले। गर्मी भान्छामा बल्ल बल्ल काटेर सिध्यायो।वुढी भएको वेला उसलाई मासु खान दिन्न । साह्रै धरमात्मा उसकी वुढी। पशु पंक्षीलाई साह्रै माया गर्ने। उसलाई चाहिँ खासै वास्ता गर्दिन। कहिँलेकाहिँ उसलाई लाग्छ, बरु पशु भएको भए माया गर्थी, खान मन लागेको खान दिन्थी।फेरी सोच्छ ,एउटा वुढीले माया गरिन भनेर किन उ पशु वनोस्। कस्तो आत्मै हराएको सोच।उसले मान्छे नै रहनुपर्छ।पशुको मासु खाइन्छ। कसैले उसको मासु खाओस्,उ त्यो चाहन्न।

उसलाई आधा किलो नै किन्न मन थियो, गोजी छाम्यो,पैसा पुगेन।एक पाउमा चित्त वुझायो।प्याज वढी हाल्नु पर्ला, अनि टन्न झोल।जीवनमा कत्रो कत्रो सम्झौता हुन्छ, यो त मासुमा अलिकति वढी झोलै त हाल्न आँटेको। उसले यहि सोच्यो।

प्याज र खोर्सानी झ्वाइयँ गर्छ।पिरो राप, खप्न सक्दैन,खोक्छ। खोर्सानी मा राप कसले हालेको होला? हामीलाई पिरो मन पर्छ, कस्तो अचम्म छ।उसलाई पनि पिरो मन पर्छ हामी जस्तै, आँखाबाट आँशु झार्ने बस्तुहरु पनि मान्छेलाई मन पर्छन्।आज प्याज किन्दा उसले दोकाने सँग चारवटा खोर्सानी सित्तैमा लियो। दोकाने अनकनायो तर पछि उसले नदीई सुख पाएन।उसलाई लाग्यो उसको स्वादले आज पुर्णता पाउने भयो आज ! त्यो पनि सित्तैमा आएका खुर्सानीहरुले।हुन त मिठो चिजको मोल हुन्छ,जीवनमा फ्रि पाउने भनेको त पिरो नै हो।

छेवैमा उसका दुई जना साथीहरुको डेरा पनि छ।तिनीहरु पनि उ जस्तै मासु मन पराउँछन्। उसलाई खुवाउन पनि मन छ।एक्लै खाएको त कस्तो खल्लो खल्लो हुन्छ।फेरि वुढी मासु पनि खान्न, नत्र त वुढी नै पनि त उसकी साथी हुन्थी।तर आठ टुक्रा मासु तिन जनाको भागमा तिन पिस पनि पर्ने छैन।हाँपदिन्छ साथीहरु वोलाउने योजनालाई। उनीहरु पनि त खान्छन् नि हफ्तै चोटी, उसलाई पनि दुई महिना अगाडी एक चोटी वोलाएको त हो नि!

ग्याँस सिद्दिएको जस्तो गरेर धप धप वलिरहन्छ। आजको मासु पाकोस्। उसको एउटा मात्र इच्छा।कुकरको पहिलो सिठ्ठी। आशाको आवाज! यदि आशाले वोल्ने भए, कुकरको सिठ्ठी जस्तै गरी कराउँथे होला मान्छेका इच्छाहरु !दोश्रो सिठ्ठी वज्छ, उ गन्छ । उसले पाँच छ चोटी लाउने विचार गरेको छ। तेश्रो सँग सँगै उसको ढुकढुकी वढ्छ। चौथो,पाँचौ,छैठौ ,कुकर भुईँमा राख्छ । हावा जानुपर्छ। उ वाहिर निक्लिन्छ। सिँढीको छिँडीमा त्यहि लुते कुकुर छ।झीँगा सँग झगडा गर्दै। लुतोले ठाउँ ठाउँका भुत्लाहरु झरेको।शायद किर्नाहरु पनि होलान् अलि अलि। उ पनि यस्तै ख्याउटे त छ। उ हेरिरहन्छ।। दुई चार कदम झरेर,सिँढीमै वस्छ। गालामा हात राखेर लुते कुकुरलाई हेर्छ।दुई जनाका आँखा जुध्छन्। छीँडी अँध्यारो छ। उ हतार हतार माथी जान्छ।सिठ्ठि गई सकेको छ। भित्र धेरै झोलमा आठ टुक्रा मासु! एक टुक्रा झिक्छ,फेरि तल झर्छ। लुते कुकुरको छेउमा फ्याँक्दिन्छ। दुवैको आँखामा सन्तुष्टी देखिन्छ।


 
Posted on 06-08-14 10:59 AM     [Snapshot: 12]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucheketo जी सार्है राम्रो लेख, मैले तपाइको पहिलो लेख ध्वाँसे पढेको थिए अनि धेरै पटक वा वा भनेको थिए | तपाइको धेरै लेख हरु रहेछ यहाँ सबै पढ्न त भ्याएको छैन तर जति पढेको छु ति एकदम इस्तरिय छन् | अझै लेख्दै जानुहोला मेरो बधाई अनि सुभकामना पनि
 
Posted on 06-09-14 12:09 AM     [Snapshot: 195]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aja chai dai le mero aafnai katha sajha ko bhitto ma potnu bhayecha...sadhai ko jahi kada (Charko) cha dai Katha!!!!!
 
Posted on 06-10-14 8:54 AM     [Snapshot: 327]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aamala- thank you
Ilame bhai फेरि एक पटक एक्सपेरिमेन्टल भइदिम् कि भन्ने लागेर ;)
अन्य पढीदिनुहुने लाइक गरिदिनुहुने लाई धेरै धेरै धन्यवाद..।
 
Posted on 06-10-14 12:36 PM     [Snapshot: 359]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन पर्यो फुच्चे यो कथा .... अलिक फरक तर पनि तिम्रो शैलीको सुगन्ध भएको लेख ....

- थाहा छैन
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters