[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 बलात्कारीलाई मृत्युदण्ड खोई ? -अन्तरा
[VIEWED 5093 TIMES]
SAVE! for ease of future access.
Posted on 02-13-18 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै देशको राजनीतिक व्यवस्था र त्यहाँको सरकारको गतिविधिले त्यो देशको तस्वीर देखाउँछ । अझ त्यो देशको महिलाले कस्तो जीवन बाँचिरहेका छन् वा बाँच्न विवश छन् भन्ने स्थितिले त्यहाँको सरकारको मूल्याङ्कन गर्नसकिन्छ । अहिले संसारमा २ किसिमका राज्य व्यवस्था चालू छन् । एक समाजवादी र दुई पँजीवादी व्यवस्था । पँजीवादी व्यवस्था पुरुषलाई भन्दा पनि महिलाका निम्ति ‘नरक’ सरह नै हुन्छ । नेपाल त्यस्तै देशमध्येको एउटा उदाहरण हो । महिलालाई भोग्य वस्तुको रुपमा लिने सामन्ती व्यवहार र पैसाको लागि अस्मिता बेच्ने पँजीवादी व्यवस्थाका कारण नेपाली चेलीहरूको दैनिकी दिन दुगुना रात चौगुनाका दरले कष्ठकर बन्दै गइरहेको छ । पत्रपत्रिका वा सामाजिक सञ्जालमार्फत पनि यी कष्ठ नियाल्न सकिन्छ । नेपालमा सरकारमा गएका पार्टीहरूका कारण महिलाहरू सुरक्षित छैनन् । सुरक्षाको निम्ति राज्यले आवश्यक बन्दोबस्त नगरेकाले पनि महिला असुरक्षित र हिंसा पीडित छन् ।

समाजवादी देश क्यूवामा जुनसुकै उमेर समूहका युवती रातभर एक्लै हिंड्दा पनि सुरक्षित हुन्छन् । यसको मतलब समाजवादी देशमा महिला सुरक्षा र सम्मानको उच्च कदर हुन्छ, बन्दोबस्त हुन्छ भन्ने हो । उत्तर कोरिया, चीनमा महिलाको उच्च सम्मान र सुरक्षा भएको पढ्न र सुन्न पाइन्छ । तर नेपालमा सडकमात्र होइन आफ्नै घर पनि महिला अनि बालिकाका लागि बढ्ता असुरक्षित बन्दैछ । आजकल दिनहुँजसो महिला र बालिका बलात्कारका घटनाले अखबार र·िन थालेका छन् ।

केही समयअघि नेपालको राजधानीको अति नै सुरक्षित मानिएको र मुटु नै ठानिएको ठाउँँ दरबारमार्गमा एक २२ वर्षीया युवतीको सामूहिक बलात्कार भयो । महानगरीय प्रहरी वृत्त नजिकैको ल्याण्डमार्क होटेलमा भएको उक्त सामूहिक बलात्कारको घटना वृत्तकै इन्स्पेक्टर र इन्चार्ज डिएसपीले पैसाको लेनदेनमा गुपचुप राख्न खोजेको सार्वजनिक भयो । पीडितलाई ३० लाख दिई घटना दबाउन मिलापत्र गराइदिएवापत १ देखि डेढ करोडसम्मको आर्थिक चलखेल भएको सञ्चारमाध्यममा आयो । यस घटना व्यापक भएपछि ती प्रहरी अधिकारीहरू कारबाहीमा परेको खबर पनि आयो । माघ १७ गतेको कान्तिपुरमा अर्को एउटा समाचार छापियो – बलात्कारका घटनामा संवेदनहीनता शीर्षकमा । जसमा पर्याप्त प्रमाण र आधार हुँदाहुँदै ललितपुर जिल्ला अदालतले बलात्कार र ज्यान मार्ने उद्योगका अभियुक्त रिहा गरिदिएको समाचार थियो । माघ २३ को नयाँ पत्रिकामा बालिका बलात्कार घटनामा मिलापत्र गराउनेलाई कारबाही माग गर्दै इटहरीमा प्रदर्शन गरिएको समाचार प्रकाशित भयो । इटहरीको रोयल रिसोर्टमा १४ वर्षीया बालिकाको सामूहिक बलात्कार गर्नेलाई प्रहरीले नै उन्मुक्ति दिएको खुल्यो र सत्ताधारी राजनीतिक दलका केही नेता तथा सुनसरीको प्रहरी प्रमुखसहितको संलग्नतामा घटनालाई गुपचुप पारिएको समाचारमा उल्लेख थियो । त्यही दिनको कान्तिपुरले लेख्यो– इटहरीमा भएको सामूहिक बलात्कार घटना प्रहरी कार्यालयभित्रै गुपचुप मिलापत्र गराइएको प्रकरणमा एसपी र इन्स्पेक्टर निलम्बनको तयारीमा गृह मन्त्रालय लाग्यो ।

धरान सहरमा पनि एक २० वर्षीया युवतीलाई ३ दिनसम्म होटेलमा बन्धक बनाई बलात्कार गरेको समाचार छापियो । महोत्तरीमा ३ वर्षीया बालिका बलात्कार गर्नेलाई १५ महिनापछि १० वर्ष कैद र ५० हजार जरिवानाको सजाय सुनाइयो । यी त केही प्रतिनिधि समाचार वा घटना मात्रै हुन् । प्रकाशमै नआउने वा नल्याइएका कति होलान् । अनुमान लाउन गा¥हो छ । त्यसकारण पनि झण्डै ५५–६० प्रतिशत बलात्कारका घटना प्रहरी प्रशासनमा दर्ता नै नहुने यथार्थ भोगिरहेको छ आजको नेपाल । नेपालमा १६ वर्ष मूनिका ६४ प्रतिशत बालिका बलात्कृत हुने र हरेक ४ मध्ये १ गरिब परिवाको हुने तथ्याड्ढ केही समय अगाडिको उजागर भएको हो । गरिब परिवारमा घट्ने यस्तै घटनालाई मिलापत्र गराउन वा दबाउन सम्भवतः सहज पनि हुँदो हो । नेपालमा अहिले दैनिक ३–४ जना बलात्कारको शिकार भइरहेका छन् । हरेक पँजीवादी देशमा महिला बलात्कृत हुँदैछन् । कहीं कम होला कही बढी । उदाहरणको लागि नजिकको छिमेकी देश भारतमा दिनको झण्डै ९२ जना र अमेरिकामा प्रति मिनेट ८–१० जना बलात्कृत हुन्छन् । हलिउडका नायक विन्सटनले बलात्कार गरेका ६ दर्जन घटनाहरू प्रकाशमा आएका छन् । पँजीवादी व्यवस्थाले यस्ता घटनालाई बढावा दिइरहेका प्रशस्त उदाहरण छन् ।

प्रहरी अधिकारीले अपराधीलाई साथ दिनु पँजीवादकै विकृत रुप हो । पँजीवादी पार्टी एमालेको सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा “मुस्कानसहितको प्रहरी” नारा ल्याई सुन्ने सांसद र जनतालाई हँसाएको थियो । भ्रष्टाचारी, गुण्डा, माफिया, तस्कर, डन, हत्यारा, बलात्कारी वा यस्ता सबै पार्टीमा हुलेर चुनावमा उठ्ने वा उठाउने र हर हालतमा जित्ने जिताउने एमालेले उक्त नारा ल्याउनुको अर्थ यसरी पनि निकालियो – जघन्य अपराधका घटनामा पनि भने जति पैसा वा आर्थिक चलखेल गर्न पाएपछि प्रहरी मुस्कुराई रहन्छ । “मुस्कानसहितको प्रहरी” को कार्यक्रम यस्तै हो कि ¤ त्यसपछिको बजेट भाषणमा उल्लेख थियो ‘प्रहरी मेरो साथी’ । दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तमा पनि यो नारा लेखिएको साइनबोर्ड देख्न सकिन्छ । नेपालको राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतीकरण सामान्य बनाउने यहाँका पँजीवादी शासक दलहरू नै हुन् । जघन्य अपराधमा मिलापत्र गराएवापत तथा सिधै अपराधीहरूबाट प्राप्त हुने रकमको ठूलो हिस्सा सरकार चलाउनेहरूको गोजीमा पर्ने गरेको यथार्थ पनि बेलाबखत सुन्ने गरिन्छ । पँजीवादमा ‘म’ सोच हावी हुन्छ । आफै खाउँ, आफै लाऊँ, आफै रमाऊँ भन्दै टिक्ने यो व्यववस्थामा प्रहरी मेरो साथी भन्ने नाराले प्रहरी अपराधीहरूको मात्र साथी बन सकेको देखिन्छ । प्रहरी व्यक्ति होइन संस्था हो । अझ राज्यको प्रतिनिधि हो ।

राज्यव्यवस्था जस्तो छ व्यवहार त्यस्ता संस्थाहरूबाट त्यस्तै व्यवहार हुनु स्वाभाविक पनि हो । तर राज्य र त्यसका प्रतिनिधि संस्थाहरूलाई आफूप्रति जवाफदेही बनाउने दायित्व जनताको पनि हो । चुनावद्वारा जनमत लिई राज्यको जिम्मेवारीमा पुगेका दल र तिनका संयन्त्रले जनताको जिम्मेवारी लिए कि लिएनन्, भन्नेतर्फ जनताको जबसम्म चासो जाँदैन तबसम्म केही हुने छैन । जघन्य अपराध गर्नेमात्र होइन त्यस अपराधलाई आर्थिक चलखेल गरेर लुकाउन लागिपर्ने मतियारहरू पनि उत्तिकै अपराधको भागीदार हुनुपर्छ । बलात्कारी, भ्रष्टाचारी, मानव तस्कर, देशद्रोहीलगायत जघन्य अपराधका अपराधी र मतियारलाई मृत्युदण्डको बन्दोबस्त गराउन जनताले सङ्घर्ष गर्नुपर्छ । यसको निम्ति संविधान संशोधन अहिलेको आवश्यकता हो । तब मात्र महिलाले भोग्नुपरेका यस्ता कहालीलाग्दा घटनामा कमी आउने छ । यस्ता घटनामा पूर्णविराम लाग्न त समाजवादी व्यवस्था नै अपरिहार्य छ । तर त्यसको निम्ति अझै समय लाग्ने भएकोले यस्ता केही कडा कानुनहरूमार्फत पीडितलाई न्याय र पीडकलाई सजाय दिई जघन्य अपराधका घटनामा कमी ल्याउन सकिन्छ । पँजीवादी सरकारमा भागबण्डा गर्दै आएका र अझै पनि भागबण्डाको तयारीमा लागेका एमाले, माओवादी केन्द्रलगायत पार्टीले किन ध्यान दिंदैनन् ? आश्चर्य लाग्छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters