[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ओभरटाइम भत्ता
[VIEWED 5227 TIMES]
SAVE! for ease of future access.
Posted on 08-08-18 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(क्याम्पसको क्यान्टेनमा २–४ वटा टेबुल र हरेक टेबुलमा चारैतिर ४–४ वटा मेचहरू छन् । कलेजका समाजशास्त्रका विभागीय प्रमुख कुमार, प्राध्यापकहरू हरिप्रसाद र कृष्णराम, एकाउन्टेन्ट शम्भु र पुस्तकालयाध्यक्ष सरिता चियाको पखाईमा छन् ।–)
(कलेजको परीक्षापछि वातावरण शान्त छ, क्यान्टिनको घडीले साँझ ४ बजे देखाइरहेको हुन्छ । चिया ल्याउने केटोले चिया र बिस्कुटको रिकापी पालैपालो टक्र्याउँदै जान्छ ।)
विभागीय प्रमुख कुमार – (बिस्कुटलाई चियाको कपमा डुबाउँदै खान्छ, बडो अल्छी लाग्ने गरी) मलाई त कहिलेकाहीं क्याम्पसै छोड्न मन लाग्छ, रु. ६० हजार तलब पाउने अरू कुनै काम पाए अध्यापन छोडेर सुंगुरको खोरमा जागिर खान जान्थेँ ।
प्राध्यापक हरिप्रसाद ः अहो ! कुमार सर ! के भन्नुभएको ? तपाईंजस्तो क्याम्पसको विभागीय प्रमखुले यस्तो कुरा भन्न मिल्छ ? प्राध्यापन त एक प्रतिष्ठाको पेशा हो, नयाँ समाज निर्माणमा शिक्षालय, शिक्षक एवं प्राध्यापकहरूको ठूलो योगदान हुन्छ, यो इज्जतको विषय पनि हो ।
कुमार ः (चिया कप टेबुलमा राख्दै) इज्जत ! प्रतिष्ठा ! जाबो महिनाको ५० हजार रूपैयाँ थापेर ! अहिले नाङ्लो पसलेले दिनको २–४ हजार कमाउँछन् । रिक्सावालाले दिनको २–४ हजार कमाउँछन् । घर बनाउने ज्यामीले महिनामा ६० हजारभन्दा बढी कमाउँछन् । घर–जग्गा दलालले महिनामा सालाखाला २–४ लाख कमाउँछन् । हामीले पढाएका कति विद्यार्थीहरू घर–जग्गा दलाल, गिटी–बालुवाका व्यापारी, खानेपानी र खाना पकाउने ग्यास व्यापारी भइसकेका छन्, तिनीहरूले महिनामा २–४ लाख कमाउँछन् ।
हरिप्रसाद ः कस्तो कुरा गर्नुहुन्छ कुमार सर ! इज्जत र प्रतिष्ठालाई के पैसाले नाप्नु उपयुक्त हुन्छ ? कति शिक्षक, प्राध्यापकलाई विद्यार्थी र अभिभावकहरूले भित्रैदेखि श्रद्धा गरेर दुई हात जोडी अभिवावदन गर्छन्, आत्मीयता देखाउँछन् । हामीहरूलाई शिक्षण पेशा रोजिएकोमा गर्व लाग्छ ।
कुमार ः हेर्नुस् सरहरू, मैले बुझेको त यो पत्रु समाजमा जोसँग धेरै पैसा हुन्छ, ऊसँग सबै झुक्छन् र इज्जत गर्छन् । पैसा छैन र गरिब छ भने कसैले कसैलाई इज्जत गर्दैन, आफ्नै नातागोताले समेत नदेख्याजस्तो गर्छन् । बाटोमा ठक्कर खाएर लड्यो भने कसैले उठाउने कोशिशसमेत गर्दैनन् । धनी मानिसलाई केही भयो भने बाहिर होस् वा अस्पतालमा सबैले ज्यू–हजुरी गर्दै चासो व्यक्त गर्छन् र सेवा गर्छन् ।
हरिप्रसाद ः (अधैर्य भएर) अहो ! कुमार सर, मेरो अनुभवमा तपार्इं ठीक उल्टो कुरा गर्दै हुनुहुन्छ । म सरलाई सानो अनुभव बताउँछु – एक रात म मेरो नाताको मोटरसाइकलमा पछाडि बसेर घर फर्किरहेको थिएँ, मेरो नाता पर्नेले मापसे गरेका रहेछन् । हामी दुवैलाई प्रहरीमा लगियो । त्यसैबेला पजेरोमा चढेका करोडपतिहरूसमेत मापसेमा परेका रहेछन्, कोही सिंहदरवारकै सेक्सन अफिसर थिए । मलाई प्रहरीले ‘सर यता कोठामा बस्नुस्, साथीले गर्दा तपाईंले दुःख पाउनुभयो भनी इज्जतपूर्वक मेचमा बसाले । तर मेरा नाता, करोडपति र सेक्सन अफिसरहरूलाई त ‘ए फलाना भन्दै हवल्दारलाई असईले भन्दै थियो –‘ती त्वाँकेहरूलाई भित्र ल्याऊ ।’ त्यहाँ पैसा हुने नहुनेभन्दा त्वाँके र नत्वाँकेको भेद थियो ।
(चिया पिउँदै) कुमार सर, करोड करोड कमाएका कालाबजारी, घर–जग्गाका दलाल, गिटी–बालुवाका व्यापारी र वन तस्करहरूलाई देशद्रोही, जनता ठग्ने, अरुको घरबार लुट्ने भनी मानिसहरू अति हेला गर्छन् । त्यसको तुलनामा हामी शिक्षक र प्राध्यापकहरूको राम्रै इज्जत गर्छन् ।
कुमार ः मलाई त्यसो लाग्दैन, पैसा भयो भने प्रहरी र प्राध्यापक त के मन्त्री, कार्यकर्ता, नेता र शासक दल नै किन्न पाइन्छ । खाली निर्वाचनमा सहयोग गर्ने वचन दिनुपर्छ र नोटहरूले तिनीहरूलाई हिर्काउनुपर्छ । ज्यानमारा, जघन्य अपराध गर्ने गुण्डा र लुटाहासमेत हट्छन् । त्यतिमात्र होइन, पैसाको बलले तिनीहरू मन्त्री छन् अहिले !
(यसअघि ध्यान दिएर कुराकानी सुनिरहेका प्राध्यापक कृष्णरामले हरिप्रसादलाई हातले इसारा गर्दै)
कृष्णराम ः कुमार सर, हामी नेपालीहरू पैसाकै निम्ति अति बद्नाम छौं । राणाकालदेखि नै अङ्ग्रेज र अहिले भारत र संरा अमेरिकाको निम्ति भाडाका सिपाहीं भई नेपालीले मलेसिया, सिङ्गापुर, इण्डोनेसिया, साइप्रस, फोकल्याण्ड टापु, अफगानिस्तान, इराक आदि देश र ठाउँमा रगत बगाउँदै आएका छन्््् । आज फेरि म्यानपावर कम्पनीको नामबाट अरब देशहरू मलेशिया, दक्षिण कोरिया, जापान, अफ्रिका आदि देश र ठाउँमा हामी छोराछोरी बेच्दै छौं । भारतको बम्बई, कलकता, कानपुर आदि सहरहरूमा नेपाली चेलीहरू बेश्यालयमा बेचिन्थे । अहिले अरब देशहरूमा पहिले अफ्रिकी हब्सीहरूलाई युरोप र अमेरिकामा भेडा–बाख्रा बेचिएजस्तै बेचिन्छन् ।
नेपालीहरूले आफ्नै आमा र स्वास्नीसमेत बेचेको समाचार पढ्न पाइन्छ, आफ्नै साखै दिदी–बहिनी, छरछिमेकी र गाउँ र जिल्लाका चेलीहरू बेचेका छन् । सम्पत्ति र पैसाको निम्ति आफ्नै बुबा–आमा, स्वास्नी र दाजु–भाइलाई समेत बेचेका छन् ।
यी कुकृतिहरू सबै पैसाको निम्ति गर्छन् । यसकारण पैसाको निम्ति नैतिकतालाई बेच्ने मानिस पशुसरह हुन्छ । बिरालोले आफ्नै बच्चा पनि खान्छ, मानिस विवेक भएको प्राणी भएर पनि पशुझैं व्यवहार गर्नेलाई ‘द्रव्यपिसाच’ भन्ने गर्छन् ।
कुमार ः मेरो क्याम्पससँग ठूलो गुनासो भनेको ‘ओभरटाइम’ को पैसाको बन्दोबस्त नगर्नु हो ।
एकाउन्टेन्ट ः त्यसो हो भने कुमार सर, हामी बिहानैदेखि जोतेको जोतेकै हुने गर्छौँ, तर ओभरटाइमको भत्ता कहिले पनि हामीले पाएका छैनौं ।
कर्मचारी – हामी कर्मचारी त घाम–पानी र दिन–रात नभनी क्याम्पसको निम्ति काम गर्छौं, हाम्रा सरहरू भने हरेक घण्टा र पिरियडको पैसा खोज्नुहुन्छ । सरहरू सालाखाला मासिक रू. ५० हजार तलब पाउनुहुन्छ । हामी कर्मचारीहरू २०–२५ हजार अर्थात् विश्वविद्यालयको समान प्रमाणपत्रको समान तलब छैन । ओभरटाइमको त कुरै छैन ।
कुमार ः यसबारे मलाई भन्ने होइन, ऊ एकाउन्टेन्टजीलाई भन्नुपर्छ ।
एकाउन्टेन्ट ः मैले त बैड्ढबाट पैसा ल्याएर गनेरमात्र दिने हो ! कलेजले बनाएको नियमअनुसार (अघिदेखिको कुराकानी ध्यानसित सुनिरहेका पुस्तकालयाध्यक्ष सरिताले हात उठाएर) ।
सरिता ः सर र कर्मचारीहरूसमक्ष मैले थाहा पाएको सानो कुरा बिसाउन चाहन्छु । पहिलो, हाम्रो क्याम्पस सरकारी होइन, दोस्रो, नाफा कमाउन खोलेको निजी क्याम्पस पनि होइन । तेस्रो यो कलेज नखुलेको भए राजधानी गएर गरिबका छोराछोरीको निम्ति पढ्नु असम्भव हो । चौथो, यो कलेज जनताबाट सञ्चालित हो । यो कलेज नभएको भए कुमार सर, हरि सर र कृष्णराम सरले पनि एम.ए. गरेर विभागीय प्रमुख र लेक्चरर हुन सक्नुहुन्थेन । हामी सबै गरिब किसानका छोराछोरी हौं । यो कलेज र अन्य संस्थाहरू, ३०–४० वर्ष अगाडि नै हाम्रा हजुरबुबा र बाजेहरूलाई र दिदी र दाइहरूलाई रात्री कक्षा सञ्चालन गरेर किसान स्वयंसेवकहरूले शिक्षाको ज्योति प्रदान गर्नुभएको थियो ।
(एकछिन श्वास फेरेर) कुमार सरको परिवार र हाम्रो परिवारको स्तर एउटै हो – तीन रोपनी खेत हो अर्थात् गरिब किसान । अरूको ज्यामी काम नगरी वर्षभरि खान नपुग्ने परिवारका हामी युवाहरूले आँगनकै कलेजमा घरको रूखा–सुखा खाएर एमए र पीएचडी गरेका छौं, कतिले डाक्टर र इञ्जिनियर भएर देशको सेवा गर्दैछन् । हाम्रा कति दाजु–दिदी र काकाहरूले स्वयंसेवक भई हाम्रो र समाजको निम्ति रात–दिन पसिना बगाउँदै हुनुहुन्छ, यस हिसाबले ओभरटाइम र अन्य भत्ताको कुरा गर्दा के हामी सा¥है स्वार्थी ठहरिन्नौं ?
(चारैतिर हेरेर) कुमार सर र अन्य सरहरू र कर्मचारी साथीहरूलाई भन्न चाहन्छु – हामीले हामीभन्दा धनीको होइन गरिबहरूले कस्तो जीवन बाँचिरहेका छन् भनी हेर्नु आवश्यक छ । भूकम्प हुँदा जसरी हामी पीडित थियौं त्यस्तै यो समाजको असमानतालाई हटाउने विचार, चिन्तन र दीर्घकालीन योजनाको निम्ति बरोबर छलफल र एकले अर्कोबाट सिक्ने बानी बसाल्नु आवश्यक छ ।
(पर्दा खस्छ ।)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters