[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 वाइ सि एल बिश्व निकेतनमा!
[VIEWED 6465 TIMES]
SAVE! for ease of future access.
Posted on 01-03-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौँ, (महानगर) । विश्व निकेतनका विद्यार्थी र प्रधानाध्यापकलाई वाईसीएलका कार्यकर्ताले हातपात र दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले आज बिहान त्रिपुरेश्वरका तीनतिरकै सडक अवरुद्ध तुल्याए ।

बिहान ९ बजेदेखि विद्यार्थीले सडकमा टायर बाल्नुका साथै समूह-समूह भई सडक अवरुद्ध तुल्याएका कारण ४० मिनेटसम्म सो क्षेत्रको यातायात ठप्प बनेको थियो । विद्यार्थीको प्रदर्शन, नाराबाजी र ढुङ्गा प्रहारले त्यहाँको स्थिति तनावग्रस्त थियो । प्रहरीको ठूलो समूहले बल प्रयोग गरी विद्यार्थीलाई लखेट्दै भगाएपछि सडक सुचारु बन्यो ।

विद्यार्थीले ९ बजेदेखि १० बजेसम्म सडक अवरुद्ध तुल्याउने बताए पनि प्रहरी हस्तक्षेपका कारण ९ः४० बजे नै सडक सुचारु बनेको थियो ।
प्राप्त विवरणअनुसार त्रिपुरेश्वरबाट गुसिङ्गालतर्फ जाने सडक निर्माणका लागि स्थानीय बासिन्दा एवम् वाईसीएलका कार्यकर्ताले विश्व निकेतन उच्चमाविको जग्गा अतिक्रमण गर्नुका साथै ट्वाइलेट भत्काएका छन् ।

विद्यालयका प्रधानाध्यापक र विद्यार्थीले सो घटनाको विरोध गरेपछि वाईसीएलका कार्यकर्ताले आज बिहान स्कुलमै आएर हातपात र दर्ुर्व्यवहार गरेपछि विद्यार्थी प्रदर्शनमा उत्रिएको विश्व निकेतनका छात्र सुनील श्रेष्ठले बिहान महानगरलाई बताए । आफूहरू वाइसीएलका कार्यकर्ता बताउने सो समूहले झन्डा नै लिएर स्कुलमा आई आतङ्क मच्चाएको श्रेष्ठले बताए ।

 


 
Posted on 01-03-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज हाम्रो आस्थाको केन्द्र बिश्व निकेतन माथि बर्बर आक्रमण भयो, भोलि तपाईंको आस्था माथि प्रहार नहोला भन्न सकिन्न। मेरो स्कूलमा गरेको होइन भन्दै चुपचाप् नबसौं। यस्ता असभ्य अक्षम्य कार्यको बुलन्द बिरोध गरौं।

 
Posted on 01-03-08 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मर्न नसक्या उग्रबादिहरु । बन्दुक् को भरमा थर्काएर खान पल्केकाहरुलाई शहरमा छोडेर त हुन्छ, आफ्नै नेतालाई त तेर्दैन्न, असना साँढे जस्तो । हाल्न पर्छ एस्तालाई jail र तेस पछी हुन्छ ठीक ।

 
Posted on 01-03-08 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

These criminal groups need to be nipped in the bud before they spread elsewhere.

Raghubhai, by "त्रिपुरेश्वरबाट गुसिङ्गालतर्फ जाने" bhanna le hamro school bata kata parcha?

 

Jyapoo


 
Posted on 01-03-08 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्यापू भाई,
संभवत पत्रिकाले इंगित गरेको भाग नदीको पारालल् पुरानो भवनको छेउ तिर् को शौचालयको भाग हुनु पर्दछ। पूल नै न बनाई कसरी गुसिङाल जोड्न सकिन्छ भन्या। चन्दा नदिएको झोंक निकालेको हुनु पर्दछ। नरेश सर  प्रति हामी बिद्यार्थीहरुको समर्थन छ नै।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters