saru_bhakta
Replies to this thread:
More by saru_bhakta
What people are reading
Subscribers
Please log in to subscribe to saru_bhakta's postings.
:: Subscribe
|
एउटा अन्तर्द्वोन्द..........
|
[VIEWED 7722
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
saru_bhakta
Please log in to subscribe to saru_bhakta's postings.
Posted on 06-08-08 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लाग्दछ मेरो लागि यथार्थ र सपना कुनै फरक कुरा हैनन । यथार्थ मा रहेर सपना सजाइ रहेको हुन्छु या भनौ सपनामा एउटा यथार्थ लाई कल्पिरहेको हुन्छु । न त मलाई चेस्टा नै छ म सपना रुपी काल्पनिक यथार्थमा हराइ रहेको छु । या भनौ एउटा यथार्थको सन्जालमा जकडिएको छु । आखिर के नै अन्तर छ र एउटा असार्थक यथार्थ र एउटा स्वप्नमा ? दुबैको कुनै अस्तित्व छैन अनी दुबैको पतन निस्चित छ । तर पनि किन किन मलाई एथार्थ भन्दा सपनानै प्यारो लाग्छ, आफ्नो लाग्छ अनी आत्मिय लाग्छ । कमसेकम सपनामा म रमाउन त सक्छु । हो कल्पनाको कुनै सिमा छैन, हो यो निरन्तर छ तर एथार्थमा एउटा चलचित्र हेरेको जस्तै, बिच बिचमा यथार्थ रुपी बिज्ञापनिक बिश्राम हरु । म निदाउन चाहन्छु अनी सपनामा हराउन चाहन्छु । हो त्यहाँ मेरो छुट्टै अस्तित्व छ अनी त्यहाँ म खुलेर हाँस्न सक्छु अनी खुलेर जिउन सक्छु । हो मेरो सपनाले कहिले पुरा नहुने अस्तित्व बोकेको छ तर पनि एउटा सुन्य यथार्थ भन्दा निकै माथि छ त्यो । हो म सपनामा छु, एउटा काल्पनिक दुनियाँमा जुन कहिले पनि यथार्थ हुन सक्दैन तर पनि मलाई त्यही संसार राम्रो लाग्छ अनी प्यारो लाग्छ । म निदाउने प्रयास गर्दैछु या भनौ बन्द आँखाबाट एउटा कहिले पुरा नहुने यथार्थ लाई कल्पिन चाहन्छु । मलाई यथार्थको एउटा सुन्य जिन्दगी भन्दा कल्पनाको हजारौं जिन्दगी रमाइलो लाग्न थालेको छ जहाँ म आफुलाई जुनसुकै रुपमा पनि ढाल्न सक्छु कुनै सन्कोच अनी कुनै हिच्किचाहट बिना । मलाई लाग्छ मलाई ब्युँझाउनेहरु मेरो अस्तित्वलाई संकटमा पार्दैछन । मलाई निदाउनु छ एउटा चीर निन्द्रामा, जहाँ कुनै यथार्थ रुपी बिज्ञापनको कुनै अस्तित्व छैन, जहाँ यथार्थ रुपी बिश्रामले मेरो दुनियाँलाई बिगार्ने छैन अनी बिथोल्ने छैन ।।
|
| |
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 06-09-08 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
.. किन किन मलाई एथार्थ भन्दा सपनानै प्यारो लाग्छ, आफ्नो लाग्छ अनी आत्मिय लाग्छ । कमसेकम सपनामा म रमाउन त सक्छु ।
.. म निदाउन चाहन्छु अनी सपनामा हराउन चाहन्छु । हो त्यहाँ मेरो छुट्टै अस्तित्व छ अनी त्यहाँ म खुलेर हाँस्न सक्छु अनी खुलेर जिउन सक्छु ।
Wow gajjab lekhai chha, aru pani jaawos.
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Why Oli must go for the UML to survive? |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| Funny when Nepalis talk about Epstein and injustice |
| अब के हाेला त? |
| EAD Filing |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| NOV 18th TPS DAY |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|