[Show all top banners]

bimal_thapa_usa
Replies to this thread:

More by bimal_thapa_usa
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Mr. D

undefined
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकामा नेपाली वैज्ञानिक
[VIEWED 6901 TIMES]
SAVE! for ease of future access.
Posted on 10-24-08 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अमेरिकामा नेपाली वैज्ञानिक - चैत २३, २०६४
डा. बिम्मी श्रेष्ठको जन्म वि. सं. २०२४ सालमा चितवन क्षेत्रपुरमा भएको हो । उनी ३० बर्षो उमेरसम्म नेपालमै थिइन् । त्यसपछि अहिले अष्टे्रेलिया र अमेरिकामा गरेर उनी १२ वर्षेखि बिदेशी भूमिमा विज्ञानसम्बद्ध अनुसन्धानका काम गर्दै आइरहेकी छन् । अहिले उनी आजको चिकित्सा क्षेत्रमै चुनौती बनिरहेको जापानिज इन्स्फेलाइटिस रोगबारे अनुसन्धान गरिरहेकी छन्, अमेरिकाको वासिङटन युनिभरसिटीअर्न्तर्गत स्कूल अफ मेडिसिनमा, वैज्ञानिकका रूपमा । चिकित्सा क्षेत्रमा केही गर्न सकिएका कि भनेर हरदम सोचिरहने बिम्मीलाई अहिले सफल हु“दै गएकोमा उनी दङ्ग छिन् ।

उनले अष्ट्रेलिया र अमेरिकामा के-के गरिन् त - आफूले गरेका कामबारे आफ्ना आमा-बुबालाई र आफन्तलाई जानकारी दिन उनी अमेरिकाबाट ठेलीका ठेली रिर्सचपेपर र पिएचडीको थेसिस बोकेर काठमाडौंसम्म पुगिन् । शान्त स्वभावकी बिम्मी अहिले उक्त युनिभरसिटीमा पिएचडीका विद्यार्थीलाई गाइड पनि गर्छिन् । 'सिकेका कुरा अरूलाई बा“ड्ने काम गरिरहेकी छु,' उनले भनिन् । उनका बुबाआमा पनि ८ बर्षम्म एकपटक पनि नेपाल नफर्की विदेशमै छोरी एकसुरले काम गरिरहेको थाहा पाउ“दा अचम्मित भएका थिए । छोरीले गर्ने काम के होला भनेर उनीहरू स“धै सोधिरहन्थे ।

बिहान सबेरै उठ्नु, नेपालबारे नियमित अपडेट हुनु, अमेरिकी ब्रेकफाष्ट खाएर अफिस जानु, दिनभर प्रयोगशालामा बसेर नया“ कुराको खोजी गर्नु र सा“झ आफ्नो निवास र्फकनु बिम्मीको यतिबेलाको दैनिकी हो । के दिन, के रात, के सा“झ जहिल्यै उनी विश्वविद्यालयको अनुसन्धानमा व्यस्त भेटिन्छिन् । उनका अक्सर छुट्टी पनि अनुसन्धान पेपरहरू तयार पार्दैमा बित्ने गरेको छ । एक सुरले काम गर्न बानी नै लागिसकेको छ उनलाई । अमेरिकाका विभिन्न राज्यमा प्रसस्त नेपाली बसोबास गरिरहेको भए पनि उनले अहिलेसम्म एकै जना पनि नेपाली भेटेकी छैनन् । अमेरिकामा झन्डै एक लाख नेपाली छन् भनेको सुन्दा अचम्म मान्छिन् उनी ।

चितवनको बालकुमारी सेकेण्डरी हाइस्कूलबाट एसएलसी दिएकी बिम्मीले त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबाइलोजी विषयमा एमएस्सी गरेकी हुन्, सर्वोत्कृष्ट भएर । केही बर्षकाठमाडौं विश्वविद्यालयमा अध्यापनसमेत गरिन् उनले । त्यसपछि अष्ट्रेलियाकै युनिभरसिटी अफ वोलोनगनबाट बायोटेक्नोलोजीमा एमएस्सी गरिन् । 

त्यसपछि अष्टे्रेलियाको युनिभरसिटी अफ सिड्नीबाट उनले मेडिसिनमा पिएचडी गरिन् । उनको थेसिसको विषय थियो- 'अ स्टडी अफ प्याथोजेनिस अफ वेष्ट नाइल भाइरस इन्स्फेलाइटिस् इन द एडल्ट म्युरिन मोडल ।'

चितवनको गाउ“मा अध्ययन गरेर अमेरिकाको भव्य अनुसन्धान केन्द्रमा वैज्ञानिकका रूपमा एकजना नेपालीले काम गर्नु नेपालका लागि गौरव हो । त्यो सफलता कसरी मिल्यो - उनी भन्छिन्, 'कडा परिश्रम र मेहनतले गर्दा सफलता मिल्यो ।' सा“च्चिनै उनको  विदेश बसाइको एक दशक र गरेका कामको ठेली हर्ेर्ने हो भने उनले कामभन्दा बाहिरी संसारमा उत्ति चासो राखेको देखिदै“न । न अमेरिकी आधुनिक जीवन शैलीले कुनै प्रभाव पारेको छ उनलाई । ८ बर्षम्म लगातार अंग्रेजी विषयमा अध्ययन र अनुसन्धान गरे पनि नेपाली भाषामा अहिले पनि उनको लगाम उत्तिकै छ । केही पाउने महत्वाकांक्षाभन्दा पनि कामप्रतिकै आस्था बढी देखिन्छ उनमा ।   

अध्ययन र अनुसन्धानमा मात्र तल्लिन हु“दा सुरू-सुरूमा उनी सपना पनि काम गरेकै देख्थिन् । 'पछि बिस्तारै बानी परे“,' उनी प्रयोगशालामा सुरुमा काम गर्दाको अनुभव सुनाउ“छिन् ।
उनले गर्ने अनुसन्धान मुसास“ग सम्बन्धित छ । मुसामा अनुसन्धान थाल्दा सुरूका दिनहरूमा उनलाई घिन नलागेको होइन । 'तर अहिले मुसास“ग बानी परिसके“ ।' अहिले त उनको रुचि नै नया“ नया“ मुसामा अनुसन्धान गर्नु हो ।

विदेश गएको ८ वर्षछि उनी पहिलोपल्ट नेपाल  फर्केकी थिइन् । काठमाडौंमा उनले सडकमा बढेका सवारी साधनको ता“ती, अव्यवस्थित सडक र धु“वा-धुलोबाहेक अरू कुनै पनि परिवर्तन देखिनन् । जहा“ जसलाई भेटे पनि डराइरहेको पाइन् उनले । काठमाडौं बसाइको छोटो अनुभव सुनाउ“दै उनी भन्छिन्, 'विगत १२ बर्षा हुर्केको हिंसाले सबैलाई अत्याइसकेको रहेछ ।' उनले नेपाल छाड्दा माओवादी हिंसाले भर्खरैमात्र जरा गाडेको थियो जुन उनी आउ“दा देशमा फैलिसकेको थियो । त्यसैले उनी पनि आफ्नो जन्मभूमि क्षेेत्रपुर चितवन नपुगी कर्मभूमि अमेरिका फर्किन् । आफ्नो जन्मघर पुग्ने औधी अभिलाषा हुदाहुदै समय-परिस्थितिका कारण जान नसकेकामा खिन्न हु“दै उनी अमेरिका फर्किइन् ।

उनको अनुभवमा नेपालीहरूस“ग पनि अध्ययन र अनुसन्धानमा बाहिरी संसारस“ग प्रतिष्पर्धा गर्नसक्ने खुबीको विकास भइसकेको छ । तर, नेपालमा अवसर र लगानी कम छ । राज्यले अध्ययन र अनुसन्धानको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको उनको अनुभव छ । 'यसैका कारण आफनो जीवनको पुरै करियर अमेरिकामै बित्ला जस्तो छ,' उनी भन्छिन्-'म जुन काम गरिरहेको छु । त्यो काम गर्न यहा“ संभव छैन । म काम विना वस्नै सक्दिन । त्यसैले म नेपाल र्फकने सम्भावना कम छ ।' सबैलाई आफ्नो जन्मघर र आफू जन्मेको ठाउ“ सबैभन्दा प्यारो लाग्छ । त्यस्तै बिम्मीलाई पनि आफ्नो मातृभूमिको औधि माया छ । आफ्नो अनुसन्धानका क्षेत्रबाट नेपालको विकासमा योगदान दिने उनको इच्छा छ ।

शरद अधिकारी/संयुक्त राज्य अमेरिका

 


मधेसमा खुलेको नयाँ क्षेत्रीय...

प्रतिक्रियाहरू : ६ 




संविधानसभा निर्वाचन स्थगन गर्ने...

प्रतिक्रियाहरू : ७ 





राज्य पुनःसंरचना बारे

महेश्वर श्रेष्ठ
१.४ प्रादेशिक स्वायत्तता
स्वायत्तता र संघीयता एक अर्काका...




राज्य पुनःसंरचना बारे (भाग–२)

महेश्वर श्रेष्ठ
१.३ जातीय स्वशासन  
भाषा, साहित्य, कला र...













संसद्मा नया महासचिव
लगनशीलता र शालीन स्वभावले नै मनोहरप्रसाद भट्टर्राईलाई यहासम्म...


अमेरिकामा नेपाली वैज्ञानिक
डा. बिम्मी श्रेष्ठको जन्म वि. सं. २०२४ सालमा चितवन क्षेत्रपुरमा...


कोमल वलीको 'झकास'
लोक गायिकाका रूपमा नेपाली संगीत क्षेत्रमा ख्याती कमाएकी कोमल...


 Copyright © 2006 Kathmandu Newsline. All Rights Reserved.
Designed & developed by:  
 

This site has been visited  000032390  times since 1.Jan.2007


 
Posted on 10-25-08 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I dunknow why she is the only one as an advertisement ,Most probably here are more and far better researchers as for example Professor Uttamlal rajbhandari in MIT,if she this is becoz she is a women it is fine otherwise it doesnot look like she is exceptionally exemplary.The worst thing is she has never met any nepali and the reason for it is she is so much focused ,i don't find any truth is this as her output is also not that exceptionallly good.Anyway she cares or not it is pleasure toknow she is among some good nepali proefessionals in USA.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters