[Show all top banners]

paasa7
Replies to this thread:

More by paasa7
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Chor Maobadi
[VIEWED 11642 TIMES]
SAVE! for ease of future access.
Posted on 05-10-09 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादीको विश्वासघात



गगन थापा


माओवादीको रणनीति र कार्यर्नीतिको भेद छुट्याउँदै एक मित्रले एकपटक एउटा सरल व्याख्या प्रस्तुत गरेका थिए म प्रत्येक दिन तीन पेग रक्सी पिउँछु । प्रत्येक दिन पिउँछु र तीन पेग नै पिउँछु, न त दुई पेग, न चार पेग नै पिउँछु । यो हो रणनीतिक दृढता । तर मैले यसरी पिउने पेग जत्रो पनि हुनसक्छ, एक क्वार्टरको, एक हाफको, तीस एमएलको र जत्रो पनि । यो हो कार्यनीतिक लचकता । 

तपाईंलाई माओवादी जस्तो देखियोस् भन्ने लाग्छ, त्यो त्यस्तै हुन्छ किनकि उसलाई जस्तो पनि देखिन पाउने सुविधा यही कार्यनीतिक लचकताले दिएको छ । ऊ देखिन्छ फरक फरक तर ऊ छ एउटै अनि दुरुस्तै । तर पनि त एउटा मान्छेलाई सय पटक झुक्याउन सकिन्छ, सय मान्छेलाई एकपटक झुक्याउन सकिएला, सबै मान्छेलाई सधँैभरि झुक्याउन सकिन्न । भिडियो टेपमा प्रसारित सामग्रीको सन्दर्भमा प्रेस सम्मेलनमार्फत् सधैँझैंं कलात्मक शैलीमा पुष्पकमल दाहालले प्रतिवाद गरे । एउटा झूटलाई सय पटक भनेर सत्य सावित गर्न विगतमा जस्तै प्रयत्न गरे । त्यहाँ उनले ठाने- फेरि एकपटक सबैलाई मूर्ख बनाएँ । तर त्यहीं एक पत्रकार भन्दै थिए- कमरेड यहाँबाट पार्टीको गोप्य बैठकमा जानु हुनेछ र भन्नुहुनेछ- 'आज मैले प्रतिक्रियावादी र तिनका एजेन्टहरूलाई हामी शान्ति प्रक्रियाप्रति प्रतिबद्ध छौं भनेर फेरि अलमल्याइदिएको छु ।' अध्यक्ष कमरेडले अझै थप्न सक्नुहुन्छ- 'कमरेडहरू हामी शान्तिको माध्यमबाट युद्धको नयाँ मोर्चामा छौं । नागरिक सर्वोच्चताको नाममा हामीले सेनामा ध्रुवीकरण ल्याउन सफल भएका छौं । हाम्रो सेना हामीले भनेझैं समायोजन भयो भने के होला ? मलाई लाग्छ नयाँ संविधान बन्दैन । हाम्रो अनुकूलको हुने भयो भने उनीहरूले बन्न दिंँदैनन् र हाम्रो अनुकूलको भएन भने हामी बन्न दिँदैनौं । त्यसैले अब तपाईंहरू देशव्यापी रूपमा जनताको नयाँ संविधान बन्नुपर्छ, नागरिक सर्वोच्चता हुनुपर्छ, शान्ति प्रक्रियामा हामी प्रतिबद्ध छौं भनेर अभियान थाल्नुहोस् जसले विरोध गर्छ खुट्टा भाँचिदिनुहोस् ताकि प्रतिक्रियावादीहरू थप आत्तिउन् र तिनका कारणले संविधान नबनोस्, कथंकदाचित संविधान बनिहालेछ भने पनि त्यसलाई हाम्रो पक्षमा बनाउँछौं र त्यसमा टेकेर जनयुद्धलाई नयाँ चरणमा अगाडि बढाउछौं, निश्चिन्त रहनुहोस् ।'

कमरेडको लचकताको 'थ्यौरी' अब भुत्ते भइसक्यो । भिडियो टेपमा व्यक्त विचार र शैलीले शान्ति प्रक्रियाका साझेदार प्रत्येकले ठगिएको, अपमानित गरिएको महसुस गरेका छन् । प्रश्न ती विचार उनले कहिले भने भन्ने होइन, प्रश्न आज पनि ती ठाउँमा त्यस्तै भनिरहेका छैनन् भन्ने विश्वासको आधार के ? प्रश्न विश्वास र नैतिक मर्यादाको हो । केही प्रश्न अन्य कित्ताका लागि पनि छन् । संयुक्त राष्ट्रसंघको नीलो टोपी लगाउनेहरूलाई हामीले ठूलो भरोसा गर्‍यौं ।  माओवादीले आफ्ना लडाकुलाई पाँचले गुन्दै शिविरमा राख्दा उसले अनमिनलाई झुक्याएको कि अनमिनले बाँकी सबैलाई झुक्यायो ?

फेरि पनि हाम्रा प्रश्न त माओवादीकै निम्ति छन् ।  माओवादीका निम्ति उसलाई अस्वीकार गर्ने जनताको पंक्ति पश्चगामी र क्रान्तिविरोधी पंक्ति हो । तिनलाई गरिने अपमान बुझ्न सकिन्छ तर माओवादीका निम्ति मृत्यु रोजेका, अपाङ्गता स्वीकारेकाप्रति नेतृत्वको त्यो असंवेदनशीलताबाट के बुझ्ने ? माओवादीभित्र एक दर्जन सरदारहरूको सत्ता कब्जा गर्ने सपना पूरा गर्न तयार गरिएको 'लालजमात' को कुनै मूल्य छैन, सरदारहरूका निम्ति, मूल्य छ त केवल सत्ताको । के यसरी बुझ्दा अतिशयोक्तिपूर्ण बुझाइ हुन्छ ? अनि सार्वजनिक भएको भिडियो टेपमा प्रचण्ड बडो कुटील मुस्कानका साथ भन्नुहुन्छ - 'बीस करोडले ट्रकमा ल्याउने हो ।' के ल्याएको हो कमरेड ? अनि ल्याएर कहाँ राख्नुभएको छ ? माओवादी नेतृत्व यस्ता प्रश्नलाई आफ्ना भद्दा पदचाप मुनि कुल्चिएर अगाडि बढ्न दुस्साहस गर्छ नै । तर यी प्रश्नको उत्तर पाउनु प्रत्येक नेपालीको अधिकार हो । किनकि ती करोड प्रचण्डले खेत खोस्रेर जोडेका होइनन् । अस्पतालको औषधि कट्टा गरेर लडाकुको भरणपोषण गर्न हामीले बुझाएका हुन् ।

कुनै बेला प्रचण्डसँग समीपमा रहेर काम गरेका वामपन्थी नेता भरत दाहालले उल्लेख गर्नुभएको एउटा प्रसंग यहाँ उल्लेखनीय छ- '२०५१ सालको रोल्पाको रोमियो अपरेसनको पूर्वसन्ध्यामा रोल्पामा क्षेत्रीयस्तरको प्रशिक्षण थियो । प्रशिक्षण सकेर लिवाङतर्फ र्फकँदा जनयुद्धको व्याख्या गर्दै प्रचण्डले भनेका थिए- 'मगरहरूमा मेलापातमा लड्ने परम्परा छ, यिनीहरू संस्कारगत मान्यताबाट लडाकु बनेका छन्, यिनको लडाइँ पि्रयतामा राजनीतिको रंग मिसाइदिनुपर्छ, यति भए जनयुद्ध चल्छ ।' यो भनाइलाई आधार मान्ने हो भने माओवादीले उठाएका जातीय मुद्दाहरू पनि उपयोगितावाद मात्रै हो भन्दा अन्यथा हुने छैन । माओवादी नेतृत्वको चिन्तनको मुख्य धार भनेकै यही प्रयोगवादी चिन्तन हो । जनयुद्धको सम्पूर्ण अवधि -फुन्टिवाङ बैठकदेखि ०६१ को खारा आक्रमणसम्मको पौने वर्षको अवधि बाहेक) सुरक्षाका लागि भारतमा नै बसेका प्रचण्ड आज नक्कली राष्ट्रवादको सिरक ओढेर भारतविरोधी नाराका साथ सडकमा भेटिन्छन् । केही दिन अघिसम्म गिरिजाप्रसाद क्रान्तिका मुख्य दुस्मन थिए । अहिले यो पदक भिर्ने अवसर शेरबहादुर र ओलीले पाएका छन् ।  कुनै पनि व्यक्ति मित्र या शत्रु हुने कुराको निर्धारण जनताका हितका निम्ति उसले गर्ने कार्यले निर्धारण गर्ने होइन, माओवादी सरदारको सत्तारोहणको अभीष्टमा व्यक्तिको भूमिका सहयोगी रह्यो वा रहेन, यसले गर्ने गर्छ ।  आज माओवादी नेतृत्वको प्रचण्ड समर्थनमा सडकमा ओर्लिएका बुद्धि धेरै भएका हुन् या बल धेरै भएका, बेलैमा बुझे राम्रो अब प्रयोग हुने पालो तपाईंहरूको हो ।

 हुन त माओवादीको नेतृत्व अहिले मच्चिएको कोलाहलले आनन्दित भएको होला । केही महिनाअघि माओवादी नेता भट्टराईले बुटवलको पार्टी प्रशिक्षणमा भन्नुभएको थियो- 'अझै भद्रगोल मच्चाउनुहोस्, हामी त्यति नै सत्ता प्राप्तिको नजिक पुग्ने छौं ।' यो भद्रगोल र कोलाहलबीच सायद माओवादी नेतृत्व सत्ताको सुनौलो सिंहासन देखिरहेको होला । आफ्ना कार्यकर्तालाई राष्ट्रपतिको दैलो रुङ्न लगाएर प्रधानमन्त्रीको ललिपप लिएर दलहरूको भान्सा भान्सामा पुग्न पाउँदा फेरि एकपटक 'दुस्मनका क्याम्प' हरूमा भाँडभैलो मच्चाउन पाएको अनुभूतिले माओवादी नेतृत्व प्रमोदित भएको होला । तर यो आमोद प्रमोदको बीचमा सायद माओवादी नेतृत्व एउटा विषयको नजरअन्दाज गरिरहेको छ । शान्ति र लोकतन्त्र, नयाँ संविधानको निर्माण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा माओवादीका निम्ति राज्य सत्ता कब्जाका लागि प्रयोग गरिएका कार्यनीतिक नारा होलान् तर आम जनपंक्तिका निम्ति त त्यही नै सपना थियो । कांग्रेस र एमालेलाई भन्दा माओवादीलाई यसपटकको निर्वाचनमा बढी भरोसा गरेका जनताको शान्ति र लोकतन्त्रको सपनाको ठेकेदार बन्ने बढी योग्यता माओवादीले राख्छ भन्ने विश्वासले नै हो । प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गरी नयाँ जनवादी राज्यसत्ता स्थापनाको उद्घोष गर्न माओवादीको जयजयकार गरेका होइनन् । सबै दलहरूसँग समझदारी कायम गर्दै नयाँ संविधान लेखनको गोरेटो हुँदै देशलाई शान्ति र लोकतन्त्रको बृहत् राजमार्गमा प्रवेश गराउँछु भनेर प्रतिबद्धता व्यक्त गर्न माओवादीको विश्वास गरेका हुन् ।  जनता रणनीति र कार्यनीतिको भाषा बुझ्दैनन्, ती माक्र्स, एंग्गेल्सका ठेली पनि बुझ्दैनन् । तिनलाई मतलब छ त केवल माओवादीको व्यवहारसँग । जनता वचनमा विश्वास गर्छ । शान्ति र लोकतन्त्रको सपना बेचेर सत्ता कब्जाको उद्योग चलाउने माओवादी अभीष्ट सार्वजनिक हुँदा आज जनताको सपनाको हत्या भएको छ, जनताको भावना र विश्वासमा कुठराघात भएको छ, संविधानसभामा व्यक्त जनमतको अपमान भएको छ र जनताको विशाल पंक्तिले आफू ठगिएको, उपयोग गरिएको महसुस गरेको छ । जनताका निम्ति माओवादीले जितेको होइन, हारेको छ ।

माओवादी नेतृत्वको अनुहारमा दाग लागेको छ । तर ऊ अनुहारको दाग मेटाउनुको सट्टा ऐना पुछ्दैछ । ऐना पुछेर अनुहारको दाग मेटिन्न । अब अँध्यारो कक्षमा गिरिजाप्रसाद र झलनाथसँग साउती मारेर पुग्दैन । यो धोका गिरिजाप्रसाद र झलनाथलाई दिइएको होइन, नेपाली जनतालाई दिएको हो । यो धोका हामी जस्ता माओवाद इतर दर्शनले प्रेरित राजनीतिक पाठशालाका विद्यार्थीलाई दिइएको हो जसले सधैँ माओवादीसँगको सहकार्य वकालत गर्‍यो, जसले लोकतन्त्रको फैलिएको आलिङ्गनमा सामाजिक न्याय, जनपक्षीय राजनीति, लोककल्याणकारी राज्यको ध्वजा उठाएर हामी सबै अटाउने कुरामा विश्वास गर्‍यो । यो त कपट र धुत्र्याइँं हो ।

संविधानसभाप्रतिको माओवादीको प्रतिबद्धता खोक्रो भएको छ, ऊ आफंैले पुष्टि गरिसक्यो । माओवादी लडाकुको समायोजनमा कुनै रुची नरहेको पनि उसले प्रस्ट बनाइसक्यो । यसको अर्थ शान्ति प्रक्रियालाई कुनै पनि बहानामा उसले बिथोल्न सक्छ । शान्ति प्रक्रिया बिथोलिँदाको परिणाम के हुन्छ ? माओवादीले सत्ता कब्जा गर्ने दुस्साहस गर्नसक्छ । त्यही बहानामा दक्षिणपन्थी अधिनायकत्वको प्रयत्न हुन सक्ला । जो जित्ला हामी त हार्छौं नै । यो पराजयबाट जोगिने अब एउटै उपाय छ, माओवादीको दुस्साहसलाई रोक्नुपर्छ । यो दुस्साहसलाई रोक्न सके मात्र त्यसको प्रतिकारको बहानामा उत्रने दक्षिणपन्थी तानाशाही प्रयत्न रोकिएला, अनि त्यसको बहानामा भित्रिने क्षेत्रीय र अन्तर्राष्ट्रिय दादाहरूको नकारात्मक उत्सुकतालाई रोक्न सकिएला । आज बेला आएको छ, त्यो प्रत्येक नागरिक जो शान्तिको पक्षमा छ, जो लोकतन्त्रको पक्षमा छ, जो नागरिक सर्वोच्चताको पक्षमा छ, जो यस्तो एउटा राजनीतिक प्रणाली जहाँ माओवादीले जनताको हैसियत निर्धारण गर्न होइन, जनताले माओवादीको हैसियत निर्धारण गर्ने पक्षमा छ, जो क्षेत्रीय दादाहरूको स्वार्थपूर्ण हस्तक्षेपबाट नेपाली राजनीतिलाई साँचो मानेमा मुक्त गराउनुपर्छ भन्ने पक्षमा छ, संघीय नेपालमा सामाजिक न्यायसहितको सामेली लोकतन्त्रको सुदृढीकरणका निम्ति नयाँ संविधान समयमा लेखिनुपर्छ भन्ने पक्षमा छ, उठोस् र एउटै स्वरमा भनोस्- हामीले बहुलवादी लोकतान्त्रिक प्रणालीभित्रको माओवादी नाम थरको पार्टीलाई स्वीकारेका हौं, माओवादलाई होइन । शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन दम्भ, अहंकार, भ्रम र रोमाञ्चकताको भर्‍याङ्बाट माओवादीलाई लोकतन्त्रको समथर धरातलमा ओराल्न अनिवार्य छ । प्रचण्डपथ र जनयुद्धको धङधङीबाट बिझ्याएर शान्ति अहिंसाको ड्रममा चोब्नु अनिवार्य छ । माओवादीका सरदार ब्राम्हणपुत्रहरूलाई कुस समाएर हिंसाको प्रयोगबाट सत्ता कब्जा गर्ने उद्योग परित्याग गरेको कसम खुवाउन लगाउनै पर्नेछ, अनि यसैबाट माओवादीको पनि उद्धार हुनेछ ।




Posted on: 2009-05-09 19:59:52


http://www.ekantipur.com/kolnepalinews.php?&nid=193386


 
Posted on 05-10-09 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निर्लज  भ ई जित्छु निरन्तर्

बेश्या भ ई अकर्म बाँचेर्

गोटि बनाई शिश्यको शिर्

छधम् गरी बन्छु म बिर

शान्ति जप्छु बुद्ध मारेर

सुर्य छोपी सिर्जि अन्धकार्

दियो बाली बन्छु उपकारी
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters