[Show all top banners]

nilshre
Replies to this thread:

More by nilshre
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 यस्तो रहेछ समाज - भाग १
Keywords associated with this thread

Nepal Story Biography Society Culture
[VIEWED 20707 TIMES]
SAVE! for ease of future access.
Posted on 09-01-10 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो रहेछ समाज - भाग १ 



म दुइ बर्स हुँदा मेरो बुबा खोइ कुनी के रोग ले हो खोइ भगवानका पुग्नु भयो रे | मेरो दाई म भन्दा झन्डै १५ बर्षाले जेठो अनी हामि दुइ बीचमा आर्को दुइजना  मेरा दिदिहरुनी पनि छन् | बुबालाई पशुपति मा  जलआउंदा मपनि रुँदै घाटमा एताबता उता, उता बाट एता हिंडेको थियो रे | आफुलाई भने जति सम्झेनी बुबाको मुख सम्मनि कल्पना गर्न सक्दिन, केहि नसम्झिने रहेछ दुइबर्सिया कुराहरु |

ठुलो परिवारमा काका काकी माईलाबा त्यो दाइ यो दाइ अनी सानो भाउजु ठुलो भाउजु भन्दै आफु हुर्केहो चलाई पाएन | आमालाई कालो अक्छेर भैंसी बराबर तरपनि बुबाले छोडेको केहि पैसा दिएर हाम्रो दाइलाई ट्याक्सी र  मिनिबस किनिदिनु भयोरे ल गरि ख भनेर, त्यो पनि तिस पैंतीस वर्ष अघिको कुरा | विभिन्न संयोग ले गरेर पढाइमा लड्डू भएनी ब्यापारमा त राम्रै रहेछ | उति बेलाँ बोर्डिंग स्कुलमा पढाउनु पनि ठूलो कुरा रहेछ, दाइले मलाई बोर्डिंग स्कुलमा पढाएँ भनेर सबैलाई धाक दिने गरेको मलाई याद आउंछ. हुनपनि मेरो आगे र कति सम्म पिछे कोइ पनि बोर्डिंग म पढेको छैन |

एक किलासको बेलामा दाइले बिहे गरेछ | मैले चाहिं बल्ल बल्ल हावा र पानीको भिन्नता महसुस गर्न थालेको थिएँ. काठमाडौँ को पुरानो बस्ती | चारैतिर पुरानो घरहरु अनी बिचमा चैं चोक हुन्त्यो. अनी चोकको बिचमा स्यानो स्तुपा जस्तो मन्दिर. माटो र इंटाले बनको घरको भीता चैं साह्रै बाक्लो हुने भएकोले झ्याल भएको ठाउमा टुक्रुक्क बसेर बाहिर हेर्न मिल्ने| मेरो  दाइले तेही चोकमा बिहेको पार्टी गरेथ्यो| तेत्रो बिहेको बेलामा म फुच्चे लै कसले वास्ता गर्ने, म ची तेही झ्यालमा बसेर तल पार्टीमा आको सबैलाई हेरेर बसेको याद मलाई अहिले सम्म आउंछ| दाइको बिहेको सम्झना मेरो लागि तेती मात्र थियो. अरु त जति सम्झिन खोजेपनि नसकिने |

क्रमश: ( मन परे अर्को भाग नपरे यहीं टुंग्याउने बिचार...)

 
Posted on 09-01-10 4:38 PM     [Snapshot: 29]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sounds interesting..please continue.

 
Posted on 09-01-10 5:08 PM     [Snapshot: 62]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please continue.....



 
Posted on 09-01-10 5:15 PM     [Snapshot: 70]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग नि हुइक्याउ ल ल

 
Posted on 09-01-10 5:17 PM     [Snapshot: 77]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please please keep continue ......................

 
Posted on 09-01-10 5:29 PM     [Snapshot: 91]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

expecting more

 
Posted on 09-02-10 2:37 PM     [Snapshot: 243]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो रहेछ समाज - भाग 

 आयो भने आयो भन है भन्दै दाइ पांच तल्ले घरको जस्ताको छानामाथि चढेछ टीभीको भर्यांग जस्तो ठुलो  आंटेना घुमाउन, म ची दोस्रो तलामा बसेर टीभीमा झ्यार्र्र आयो भने आएन भनेर घाँटीको नसा थर्किने गरि कराउँथे अनि अलिकति आको जस्तो भयो भने भयो भनेर चिच्याउथे | तेस्तै परिस्थितिमा पनि स्वाद लीई लीई टिवी हेर्ने गरेकोत तपाइहरु सबैलाई यादै होला अझ तेस्माथि घर चि आकाश छुने तर एक तल्लामा एउटा कोठा पनि मुस्किलले हुन्थ्यो र राम्ररी हात खुट्टा तन्काउने ठाउपनि हुँदैन थियो, अनि छुट्टै बैठक कोठात कहाँ हुन्थ्यो र | सबै भन्दा राम्ररी सजिएको सोफासेट सहितको कोठो दाइ-भाउजुको सुत्ने कोठानै थियो.अनि टिभी पनि तेही ल्याएर ठडाइदियो |

 

अरुबेला भाउजुले निन्द्रा लागे जस्तो गरी हाई हाई" नगरेसम्म टिभी हेरीन्थियो तर वोर्ल्ड कप फूटबल राति हुने हुँदा बर्बाद | वोर्ल्ड कप त दाइलेनी हेर्थ्यो अनि बोलाए पछि आँखा मीची मीची गएर हेर्न बसिन्थ्यो तर खेलको भावनात्मक स्वोफुरत प्रतिक्रिया र बिश्लेशनहरु चाही आफु भित्रै राख्नु बाहेक दाइ संग आदान प्रदान गर्ने बातावरण थिएन| आफुले देखेको अनि हुर्केको समाज तेही थियो अनि समयको सापेक्छेतामा तेस्मा कुनै परिवर्तन भएको महसुस भएन |

दाइ छैनकी भनेर एक दिन टिभी हेरम भनेर फुत्त दाइको कोठामा छिरेको थिएँ दाइ चि अरु काका दाइहरुसंग कुरामा बेस्त |

तिमि त यसपाली एसएलसी दिने होइन एउटा काका दाइले सोधी हाल्यो म कोठामा छिरेको देखेर |

हो" भनेर म अलि पर एउटा कुनामा लम्केर थचक्क बस्न गएँ |

बस्न पाछैन दाइले बोलिहाल्यो अब बोर्डिंगमा पढे पछि बोर्डमा त ल्यौन्नै पर्यो नि | पास मात्रत जुन स्कुलमा पधेनी हुन्छ, किन पढनु पर्यो बोर्डिंगमा

बोर्डको परिभासा बुझेर होकि नबुझेर हो कसैले केहि नभनि हाँस्य जस्तो गरी अरुनै कुराहरु तिर लागे| म चि त्यो गुम्सिएको कोठाबाट बिस्तारै अन्कनाउन्दै निस्केर बाहिर चोकतिर बस्न गएँ| चिसो हावाले अलिकति दिमाग हल्का भाजस्तो भयो | एकै छिन एता उता टाउको घुमाई हेरें चोकमा कोहि थिएन | आँखा घुम्दै दाइको कोठा भएको झ्यालतिर पुग्यो अनि एक्कैचोटी फेरी त्यो बोर्डमा ल्याउनुपर्ने सुक्छ्म समाजिक दबाबलाई सम्झेर जिउ सिरिङ्ग भयो | बिस्तारै घिस्रंदै तेही चोकमै बस्ने साथि झ्याब्लेको धोका धक धक गर्न पुगें |

 

क्रमश:

( कमेन्ट गरिदिनु भाको सबै साथीहरुलाई धेरै धेरै धन्यबाद | अझै लेखने हौंसला जाग्यो | )

Last edited: 02-Sep-10 02:41 PM

 
Posted on 09-02-10 3:20 PM     [Snapshot: 275]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nilshre जी ले मेरै कथा लेख्नु भे जस्तो लाग्यो। उही चोक, उही सानो एक नाले अग्लो घर । उही भर्‍याङगे एन्टिना, उही फूटबल , उही एस् एल सी, उही बोर्ड को कुरा ।।।।।


फरक यती छ कि यो राहुले बोर्डिङमा पढिएन। कथा उही, पात्र फरक, ब्यथा उही समय फरक । परिबेश् उही पात्र फरक।


 


भाषिक शुद्धता मा अली ध्यान दिए, हिज्जे टंकनमा अली ध्यान दिए सुन माथि सुगन्ध हुन्थ्यो ( कसै कसैले गाली गर्ने छन, पंडित भइस् भनेर )।


लेख्दै जाम , अझ निखार्दै जाम ।

Last edited: 02-Sep-10 03:20 PM

 
Posted on 09-02-10 10:28 PM     [Snapshot: 385]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ, अझ जाओस।
राहुल दाईले कमेन्ट गर्नु अघी नै कता कता राहुल दाई कै कथा जस्तो लाग्न थाल्या थ्यो। आँफै भन्नु भो दाई ले ।

अर्को भाग को प्रतिक्षामा

 
Posted on 09-03-10 11:20 AM     [Snapshot: 505]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai पंडित भईस?


Nishre, do continue. This is not a literary work, a mere narration of experience. भाषिक अशुद्दताले कथालाइ अरु रमाइलो बनाएको छ.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters