[Show all top banners]

Smooth
Replies to this thread:

More by Smooth
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यसरी ठोक्दा कसो होला .....
[VIEWED 10702 TIMES]
SAVE! for ease of future access.
Posted on 04-20-11 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


- By Rabindra Mishra


भ्रष्टहरूको मन मस्तिष्कै खलबलिने गरी जताततै भ्रष्टाचारविरुद्ध नारा लेखौँ। त्यसबाट भ्रष्टहरू विक्षिप्त भएको देखेर अरूले भ्रष्टाचार गर्ने आँटै नगरून्।

नयाँ वर्ष २०६८ मा जेजति शुभकामना आदानप्रदान गरिए एक हदसम्म ती सबै औपचारिकता थिए । किनभने त्यस्ता कामना सामान्यतया पूरा हुँदैनन्। तैपनि त्यस्ता शुभकामना कतै साँच्चिकै सार्थक हुन्छ भने २०६८ सालका लागि एउटा इमानदार कामना छ - भ्रष्टाचारी जति सबैलाई कीरा परोस्! घुस लिनेदिनेदेखि सार्वजनिक जीवनमा अरू अनियमितता गर्ने सबै भ्रष्टाचारी हुन्। बाटो पिच गरिएको तीन महिनामै मोटर हिँड्नै गाह्रो हुने गरेर खाल्डाखुल्डी पर्छन्। देश बनाउन भनेर राजनीति गर्ने राजनीतिकर्मीहरू गाउँगाउँ र वडावडासम्म सरकारी रकम भागबन्डा गर्छन्। देश अनिश्चयको दलदलमा भासिँदै जाँदा नाम कमाएका नेता भनाउँदा कुर्सीका लागि हानथाप गर्छन्। नैतिकताका भाषण छाँट्नेहरू भ्याट छल्छन्। व्यापारीहरू मोटो रकम चन्दा (घुस) दिएर सभासद् बन्छन्। व्यक्तिगत फाइदाका लागि कर्मचारी चाकडी गर्छन्। सूची अन्तहीन छ। यी सबै एक या आर्को प्रकारका भ्रष्टाचारी हुन्। यो देशको बेथिति तिनै विविध प्रकारका भ्रष्टाचारको समष्टि परिणाम हो।

त्यस्ता भ्रष्टाचारीहरू सुकिलोमुकिलो भएर हिँडेपनि ती डुङडुङ गन्हाएका हुन्छन् तर तिनले आफूले निकालेको त्यो गन्ध महसुस भने गरेकै हुँदैनन्। त्यो महसुस हुने गरी तिनको शरीरभर घाउखटिरा आउन् र साँच्चिकै कीरा परोस्। ती आफ्नै घाउको गन्ध र पीडाले चौबिसै घन्टा छटपटाइरहुन्। संसारका उत्कृष्ट अस्पतालमा पनि तिनको उपचार संभव नहोस्! त्यो देखेर गाउँघर, टोलछिमेकका सबै बासिन्दाले भनून् - ‘पाप धुरीबाट कराउँछ भनेको यही हो।' भ्रष्टाचारीले भन्लान् कसैले श्राप दिँदैमा लाग्ने भए त भेँडा मरोस् भन्दा भेडा र गाई मरोस् भन्दा गाई मर्नुपर्ने हो। तर यो स्तम्भकारका दृष्टिमा ‘भ्रष्टाचारीलाई कीरा परोस्' भन्नु श्राप नभएर समृद्ध र सुसंस्कृत समाजका लागि शुभकामना हो। सबै असल नागरिकले त्यस्तो कामना गरे भने त्यो पूरा हुनसक्छ। यथार्थमा त्यसलाई पूरा गराउनैपर्ने भएको छ र त्यसका लागि उपाय पनि छ।

काठमाडौं उपत्यका र देशका विभिन्न भागमा जताततै राजनीतिक र नागरिक संगठनहरूले भित्ताभित्तामा विभिन्न नारा लेखेका हुन्छन्। ‘लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गरौँ', ‘समयमैं संविधान निर्माणका लागि दबाब दिन फलानो ठाउँमा भेला हौँ', ‘फलानाको सम्मेलन सफल पारौँ' आदि इत्यादि। आस्था जेमा भए पनि सबैको विश्वास आफ्नो नारा सफल भए देश बन्छ भन्ने नै देखिन्छ। तर ती नारा लेख्ने र लेखाउने अधिकांश आफैँ भ्रष्ट्र हुन्छन्। त्यसैले तिनको नारा पूरा भयो भने पनि कुनै हालतमा देश बन्दैन। किनभने देश बनाउने सबभन्दा पहिलो आधार इमानदारी हो। हामी अधिकांशमा अहिले नयाँ संविधान लेखियो भने यो देशको दुर्दशा समाप्त हुन्छ भन्ने ठूलो भ्रम छ। पहिलो, भ्रष्टहरूले लेख्न खोजेको संविधान के लेखिएला? दोस्रो, लेखियो भने पनि, भ्रष्टहरूमा आचरणगत सुधार नआएसम्म संविधानले सकारात्मक परिवर्तन कसरी ल्याउला? त्यसैले इमानदारी प्रवर्धन गर्न हामी सबै नयाँ वर्षमा कामना गरौँ - भ्रष्टाचारीलाई कीरा परोस्!
त्यतिमात्र होइन, हाम्रो शुभकामनालाई गाउँ, नगर, सहर सबै ठाउँका भित्ताभित्तामा लेखिदिऊँ। ठाउँठाउँमा तुल बनाएर टाँगिदिऊँ। जथाभावी नारा लेख्नु, तुल टाँग्नु राम्रो काम होइन तर यस समाजलाई, यस देशलाई जर्जर तुल्याएको भ्रष्टाचारविरूद्ध भने नारावाजी र तुलवाजी गर्दा केही हानि होइन फाइदै हुन्छ। आफ्नो घरबाट निस्किएपछि टाउको जता फर्काए पनि, जतातिर पाइला चाले पनि भ्रष्टाचारीको आँखा ‘भ्रष्टाचारीलाई कीरा परोस्' भनी हामीले गरेको कामनामा गएर ठोक्कियोस्। एक ठाउँमा मात्र लेखिएको देखे त तिनले आँखा चिम्लिएर पनि हिँड्लान् तर आँखा खोल्यो कि त्यही कामनामा आँखा पर्ने भएपछि तिनको मस्तिष्क तिर्मिराउने छ। तीनलाई सही नसक्नु हुनेछ। तिनको विगतले तिनैलाई भतभती पोल्नेछ। ती पागल सरह हुनेछन् र संभवतः तिनलाई मानसिक अस्पताल लानु पर्नेछ। एक दिन होइन, दुई दिन होइन, सधैँसधैँ, बिहान ईश्वरको पूजाआराधना गरेर निस्कँदा होस् या पाँच तारे होटेलबाट देश बनाउने भाषण छाँटेर घर फर्किँदा होस्, जताततै आफूले गरेको पाप आफ्नो आँखा अगाडि नाच्न थालेपछि जति नै बलियो आत्मबल भएको मान्छे पनि कालान्तरमा बहुलाउन बेर लाग्दैन। ‘भ्रष्टाचारीलाई कीरा परोस्' मात्र होइन, फोहोर र अभद्र शब्द छाडेर भ्रष्टाचारीविरूद्ध जे लेखे पनि हुन्छ। व्यक्तिको नाम चाहिँ तोक्नु हुँदैन। त्यो काम सम्बन्धित निकायलाई छोडिदिनुपर्छ। तिनलाई नाम नतोकीकनै घोच्नुपर्छ, ठुंग्नुपर्छ, डस्नुपर्छ र आफूले खनेेको पापको कुवामा आफैँ अत्यन्त पीडादायी ढंगबाट डब्ने र पश्चताप गर्ने स्थिति बनाउनुपर्छ। चाकरी र भ्रष्टाचार गरेर बनाएको घर, किनेको मोटर, कमाएको नाम र बटुलेको दाम देखेर ती आफैंलाई लाज लागोस्, पीडा होस्। अनि तिनले छरछिमेकीका सामु शिर ठाडो पारेर हिँड्न नसकुन्।


गएको वर्ष २०६७ को अन्त्यतिर दुईजना व्यक्तिले सकारात्मक सोच राख्ने नेपालीमा अत्यन्त ठूलो आशा, उत्साह र प्रेरणा जगाए। तिनले न्यायसेवा र प्रशासन सेवामा बिरलै व्यक्तिले प्राप्त गर्ने सम्मान कमाए। अवकाश पाउन लागेका प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र राजीनामा दिएका अर्थ सचिव रामेश्वर खनालले व्यक्तिगत स्वार्थ, पद र पैसाभन्दा पेसागत इमानदारी र स्वाभिमानको बढी महत्व हुँदोरहेछ र सर्वसाधारण जनताले इमानदार र स्वाभिमानी पेसाकर्मीलाई देउतालाईजस्तो पुज्दा रहेछन् भन्ने स्पष्ट पारिदिए। श्रेष्ठ र खनाल दुवैको उद्देश्य भ्रष्टाचारलाई रोक्नु थियो। न्यायकर्मी र प्रशासकहरू इमानदार भइदिने हो भने पनि अनियमितता र भ्रष्टाचारमा ठूलो अंकुश लगाउन संभव हुँदोरहेछ भन्ने उनीहरूले स्पष्ट पारिदिए। उनीहरूको ठाउँमा आउनेहरूलाई तिनको त्यो आदर्श तोड्न निकै कठीन हुनेछ। कथम् तोडिहाले भने तिनले जनसाधारणको ठूलो अपमान सहनु पर्नेछ।


हुनत, उच्च प्रशासक र राजनीतिकर्मीलाई भ्रष्ट बनाउन हामी पनि त्यत्तिकै जिम्मेवार छौँं भन्ने हामीले कहिल्यै स्वीकार गरेका हुँदैनौ। हामीमध्ये धेरैले आफूलाई फाइदा हुने मौका पर्दा भ्रष्टाचार गरेको वा आफ्नो स्वार्थ पूर्ति गर्न घुस खुवाएको हुनुसक्छ। माग्नेमात्र होइन दिने पनि भ्रष्टाचारका लागि त्यत्तिकै जिम्मेवार रहन्छ। तर संसारभर भ्रष्टाचारको मामिलामा माग्ने पक्षमात्र बढी चर्चामा आएको सुनिन्छ। हामीले पनि भ्रष्टाचारलाई सहयोग पुग्ने कुकृत्यमात्र नगरिदिने हो भने, पनि भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण हुन्छ। हुनत, यसो भन्न जति सजिलो छ गर्न त्यति सहज चाहिँ छैन। किनभने भ्रष्टाचारका कीटाणु हाम्रा नसानसामा कसरी बास गरिसकेका छन् भने तिनलाई हामीले स्वभाविकरूपमा ग्रहण गर्न थालिसकेका छौँ। हामीले भ्रष्टाचार गरेर लाज र ग्लानि महसुसै नहुने मानसिकताको विकास गरिसकेका छौँ। त्यसलाई तोड्न श्रेष्ठ र खनालजस्ता एकाध उच्च अधिकारीको प्रतिबद्धताले मात्र पुग्दैन। तल्लो तहदेखि नै केही न केही गर्नैपर्ने हुन्छ।


श्रेष्ठ र खनालले धेरै नेपालीलाई भ्रष्टाचारविरुद्ध उत्प्रेरित गरिदिएको यस घडीमा भ्रष्टाचार विरोधी अभियान अघि बढाउने दायित्व जनसाधारणको पनि हो। त्यसका लागि आफूलाई असल नागरिक ठान्ने सबै नेपालीले केही न केही गर्नै पर्छ। गुनासो गरेर बसेरमात्र केही हुँदैन। टोलटोलका क्लबहरूले लेख्नुपर्‍यो - भ्रष्टाचारीलाई कीरा परोस्! भित्ता भित्तामा लेखौँ, तुलतुलमा लेखौँ, पत्रपत्रिकामा लेखौँ, रेडियो र टेलिभिजनमा बोलौँ। जे जति संभव छ सबै गरौँ। बिहान पूजाआजा गर्नेले पनि ईश्वरसँग आफ्नै खुसी र शान्तिका लागि केही माग्नुभन्दा ‘भ्रष्टाचारीलाई कीरा परोस्' भनेर प्रार्थना गरौँ। किनभने, यो श्राप होइन शुभकामना हो। त्यस्तो प्रार्थना गर्न नहिचकिचाऊँ। भ्रष्टाचारी जति सबैलाई कीरा पर्‍यो भने यो देश स्वतः बन्ने छ र हामी सबैले स्वतः शान्ति र समृद्धि पाउने छौँ। इमानदारीको प्रभाव बढ्यो भने त्यसको प्रतिफल कर्णालीदेखि तराईसम्मका सबैले पाउनेछन्। तर भ्रष्टाचारलाई सबैले मिलेर रोक्न नसक्ने हो भने देशमा जति ठूलो राजनीतिक परिवर्तन आए पनि केही हुनेछैन।
http://nagariknews.com/opinions/98-opinion/25621-2011-04-20-05-34-33.html

Last edited: 20-Apr-11 12:04 PM
Last edited: 20-Apr-11 12:19 PM

 
Posted on 04-20-11 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भ्रस्टाचारी कहाँ निर रोक्ने ???
प्रधानमन्त्री कि
मन्त्रिहरु कि 
सचिबहरु कि
कर हाकिमहरु कि
कार्यालय हाकिमहरु कि
दैनिक ज्यालाका कामदारहरु कि
पीउनहरु कि

 
Posted on 04-20-11 2:03 PM     [Snapshot: 262]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ani aafaima ki........corruption is not only everywhere it is inside us......
 
Posted on 04-20-11 2:10 PM     [Snapshot: 269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 manchhe budho hunchha tara lov budho hudaina
ahileko bhrasta generation sabai hatepachhi matra sambhav hola bhrastachar rokna; tyo pani naya generation bhrasta bhayena bhane! 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters